CLI

गरिमा क्यापिटलको गरिमा समृद्धि योजना म्युच्युअल फण्डको बिक्रि खुल्ला

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको बन्दमुखी समृद्धि योजना म्युच्युअल फण्डको बिक्रि सुरु भएको छ  । प्रति इकाई अंकित मूल्य  ७ रुपैँयाको  दरले १०,००,००,००० (दश करोड मात्र ) रकम रु.१,००,००,००,०००/- (अक्षरेपी एक अर्ब रुपैयाँ मात्र) मध्ये न्यूनतम १,४०,००,००० (एक करोड चालिस लाख मात्र) इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ (चौध) प्रतिशत इकाई कोष प्रवर्द्धक कम्पनी गरिमा विकास बैंक लिमिटेड तथा न्यूनतम १०,००,००० (दश लाख मात्र) इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १ (एक) प्रतिशत इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित रहेकोले  बाँकी रहेको न्यूनतम ८,५०,००,००० ( आठ करोड पचास लाख मात्र) इकाई आज २०८१ पौष ०७ गते आइतबार देखि लगानी कर्तालाई सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको हो ।

यो म्युच्युअल फण्ड खरिद गर्न इच्छुक लगानीकर्ताले सि-आस्वा (C-ASBA) सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु साथै मेरो शेयर (Meroshare) मार्फत आवेदन दिन सक्नेछन् ।

लगानी कोषमा न्यूनतम १०० इकाई देखि अधिकतम १,००,००,००० इकाई सम्म को लागि लगानीकर्ताले आबेदन दिनु पर्नेछ ।

 

Leave Your Comment

Related News