CLI

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा लाभांश पारित गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश पारित गर्न २०औं वार्षिक साधारणसभा पुस २९लाइ बोलाएको छ  ।

साधारण सभामा सञ्चालक समितिले पास गरेको गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ३.६५ प्रतिशत बोनस र ०.१९ प्रतिशत नगद गरी कुल ३.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने कार्यसुची रहेको छ  ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको नियुक्ति गर्ने तथा उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने वा अन्य संस्थालाई प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

लाभांश तथा साधारणसभा प्रयोजनार्थ पुष १७ देखी साधारण सभाको समय सम्म गते बुक क्लोज हुने भएकाले पुस १६ सम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागी हुन सक्नेछन्  ।

 

Leave Your Comment

Related News