CLI

रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एंव पुर्व गृह मन्त्री रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोगपत्र दर्ता हुने भएको छ। उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गर्न लागिएको हो।

पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत रवि लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशीलगायत ३२ जनाविरुद्ध माथि उल्लिखित तीन अभियोगमा आज मुद्दा दर्ता गर्न लागिएको हो।

सो प्रकरणमा गत असोज ६ गते पक्राउ परेका छविलाल जोशी हिरासतमा रहेको गत शुक्रबार नै ९० दिन पुगिसकेको छ । रवि भने गत कात्तिक २ देखि प्रहरीको हिरासतमा छन्।

शुक्रबार सोही प्रकरणमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १९ जनाविरुद्ध थप कसुरमा सजायको माग गर्दै जिल्ला अदालतमा पूरक अभियोगपत्र दायर गरिएको छ।

उनलाइ गिरफ्तार पश्चात सहकारी ठगीको बिषयमा काठमाण्डौ, बिरगञ्ज,वुटवल,चितवनमा लगि बयान लिइएको थियो ।

उनी संसदीय छानबीन समितिको प्रतिबेदनको आधारमा गिरफ्तार भएका हुन् ।

 

Leave Your Comment

Related News