नेपाल टेलिकमले बोलायो साधारण सभा, ३० प्रतिशत नगद लाभांस प्रस्ताब पारित गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैंठकले नगद  लाभांश बितरण गर्ने  निर्णय गरेको हो ।

सञ्चालक समितिले पास गरेको निर्णय प्र अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त गरे पश्चात  साधारण सभामा पेश हुनेछ । सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सत्रौं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितिले पास गरेको लाभांस प्रस्ताव साधारण सभामा पेश हुनेछ साधारण सभाले पास गरेपश्चात नगद लाभांस लगानी कर्ताले प्रापत गर्न सक्नेछन् ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने भएकाले  पुस १७ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता हुन र  लाभांश पाउन सक्नेछन् ।

साधारण सभाले लाभांशका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार