काठमाडौं । घोराइ सिमेन्ट इन्ड्रष्ट्री लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको २०८१ पुष ५ गते बसेको सञ्चालक समितिको बैठकले २०८१ पुष २८ गते दाङको घोराइमा अवस्थित होटल पौवामा साधारण सभा बोलाएको हो ।
कम्पनीले चुक्ता ४,५६,७६,८५,७००को अंकित मुल्य प्रति शेयर १०० का दरले ४,५६,७६,८५७ कित्ता शेयरको ७५ प्रतिशतका दरले ३,४२,५७,६४२ कित्ता शेयरको रु ३४२५७६४२७५ रुपैँया बराबरको हकप्रद शेयर जारी गर्न साधारण सभामा पेश गर्ने प्रस्ताब रहेको छ ।