काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति गरी आज एकै दिन चार समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल र सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल हुनेछ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिंगी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ ।
बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन कर्ता सदस्यहरूसँग छलफल हुनेछ ।