काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ । आइतबार सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय ६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।