काठमाडौं । हिमालयन डिष्ट्रीलरी लिमिटेडले आगामी चौबीसौं साधारण सभा पुस २८ गते आइतबार गर्ने भएको छ । संस्थाको चौबीसौं साधारण सभा पुस २८ गते आइतबार पर्सा, वीरगञ्ज महानगरपालिका वडा नम्बर २१, लिपनिविर्ता स्थित कम्पीको रजिष्र्टड कार्यालयमा विहान १० बजे बस्ने भएको हो ।
संस्थाले साधारण सभामा आर्थिक वर्ष २०८०/८१ सम्मको कम्पनीको सञ्चित मुनाफा सेमतबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ । संस्थाको चुक्ता पूँजी २ अर्ब ६७ करोड २५ लाख रहेको छ ।
साधारण सभा प्रयोजनार्थ पुस १९ गते शुक्रबारका दिन बुकक्लोज गरिनेछ । भने पुस १८ गते सम्म कारोबार गरेका शेयरसदस्यहरु साधारण सभामा भाग लिन पाउने छन् ।