२५८३ मा नेप्से घट्दा पनि ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबारदेखि आरोलो लागेको शेयर बजार साताको पहिलो दिन आइतबार पनि घटेको छ ।
आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.६९ अंकले घटेर ४४३.०८ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.१३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.०९ अंकले घटेको छ ।

आइतबार ३१९ वटा कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रह्यो । जुन बिहीबारको तुलनामा २४ करोड १८ लाख ८२ हजारले कम हो । बिहीबार ३१० वटा कम्पनीको ९८ लाख ३२ हजार ३०८ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ७६ करोड २ लाख ६७ हजार रहेको थियो ।

आइतबार ८५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १५३ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आइतबार बजार पुँजीकरण रकम ४२ खर्ब ८४ अर्ब ९० करोड ४६ लाख रह्यो । जुन बिहीबारको तुलनामा करिब १ खर्बले कम हो । बिहीबार बजार पूँजीकरण रकम ४३ खर्ब ७ अर्ब ३५ करोड रहेको थियो ।

आइतबार २ वटा समूह परिसूचक बढ्दा बाँकी ११ वटा समूह परिसूचक घटेको छ । जलविद्युत २२ र उत्पादन र प्रशोधन १०६ अंकले बढ्दा बैकिङ १२, विकास बैंक ११२, वित्त ४६, होटल र पर्यटन १, लगानी १, जीवन बीमा १०२, लघुवित्त १९, म्युअुचल फण्ड ०.०७, निर्जीवन बीमा १०३, व्यापार ६४ र अन्य समूह ७ अंकले घटेको हो ।

आइतबार सर्वाधिक कारोबर हुने कम्पनीहरुमा रिभर फल्स, जानकी फाइनान्स, पिपुल्स हाइड्रोपावर, नेपाल फाइनान्स र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी रह्यो । रिभर फल्सको २२ करोड ३ लाख, जानकी फाइनान्सको १२ करोड ९९ लाख, पिपुल्स हाइड्रोपावरको ९ करोड १२ लाख, नेपाल फाइनान्सको ८ करोड २९ लाख र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ७ करोड ५४ लाख बराबर कारोबार भयो ।

५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
आइतबार ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सर्पोट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर लिमिटेड, न्यादी हाइड्रोपावर लिमिटेड, सुपर मार्दी हाइड्रोपावर र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार