२० सदस्यीय लुम्बिनी प्रादेशिक समिति गठन: बैंकिङ क्षेत्रको नयाँ यात्रा

काठमाडौं । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसियसनले लुम्बिनी प्रदेश अन्तर्गतको आफ्नो नयाँ प्रादेशिक कमिटि गठन गरेको छ । मंसिर ५ गते बुटवलमा बसेको वाणिज्य बैंकहरुका प्रादेशिक प्रमुखहरुको बैठकले सर्बसहमतिबाट नेपाल बैंक लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अर्जुन बहादुर कंडेललाई नेपाल बैंकर्स एसोशियसन लुम्बिनी प्रादेशिक कमिटिको संयोजकको रुपमा चयन गरेको हो ।

त्यसैगरी सो बैठकले प्राइम कमर्शियल बैंक लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख कुश सुदन सिंह र नबिल बैंक लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अमित केसीद्वयलाई सहसंयोजको रुपमा चयन गरेको छ । नवगठित समितिमा एक संयोजक, दुई सह संयोजक र १७ जना सदस्यहरु गरी २० वटै वाणिज्य बैंकका प्रदेश प्रमुखहरुको प्रतिनिधित्व रहने छ ।

समितिले वित्तीय अनुशासन, वित्तीय साक्षरता, सामाजीक उत्तरदायीत्व लगायतका विषयलाइ जोड दिंदै वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुको दक्षता विकास संगै लुम्विनी प्रदेशमा आर्थिक तथा वित्तीय क्षेत्रमा रहेका संभावना तथा चुनौतीहरुको विषयमा विभिन्न रचनात्मक पहलहरु गर्ने प्रदेश समिति संयोजक अर्जुन बहादुर कंडेलले जानकारी दिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार