ग्लोवल इक्विटी फण्डको वार्षिक साधारण सभा हुँदै

Garima_Business-Loan3

काठमाडौं । ग्लोवल इक्विटी फण्ड लिमिटेडको छैठौं वार्षिक साधारण सभा २०८१ साल पौष २८ गते सानेपा, ललितपुर बिहानको १०:०० बजे बस्ने भएको छ ।

साधारण सभामा आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात र मिति २०८० /०४/०१ देखि २०८१/०३/३१ सम्मको नाफा नोक्सानीको हिसाव तथा सोही अवधिको नगदप्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०५१ / ८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।

कम्पनीको साधारण सभामा बिषेश प्रस्तावको रुपमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने रहेको छ ।

साधारण सभा प्रतिजनार्थ कम्पनीले २०८१ पुष २१ गते बुक क्लोज गर्ने भएको हुँदा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ पुष १९ कायम शेयर धनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार