काठमाडौं ।कालिका पावर कम्पनी लिमिटेडले आगामी वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । आइतबार बसेको सञ्चालक समितिको निर्णय अनुरुप कम्पनीको आगामी सत्रौं वार्षिक साधारण सभा पुस २९ गते भरतपुर महानगरपालिका वडा नम्बर १०, चितवनस्थित दियोलो फुडल्याड चितवन प्रा.लिमा बस्ने भएको हो । सभा बिहान ११ बजे बस्ने बताइएको छ ।
बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको कम्पनीको सञ्चित मुनाफासमेतबाट कम्पनीको शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजर्नाथ ०.३६८४ प्रतिशतल नगद वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको ८७ करोड २८ लाख ५० हजार चूक्ता पूँजी रहेको छ ।
सभा प्रयोजनका लागि पुस १९ गते शुक्रबार एक दिन शेयरधनी दर्ता किताब (बुक क्लोज) गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा पुस १८ गते सम्म कारोबार गरी शेयर खरिद गरेको शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।