प्रोगेशिभ फाइनान्सको वार्षिक साधारण सभा पुस २९ मा, लाभांश वितरण नगर्ने प्रस्ताव

Garima_Business-Loan3

काठमाडौं । प्रोगेशिभ फाइनान्स लिमिटेडले आगामी वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । आइतबार बसको कम्पनीको ५३३ औं सञ्चालक समितिको बैठकले २७ औं तथा २८ औं वार्षिक साधारण सभा पुस २९ गते ललितपुर महानगरपालिका वडा नम्बर ९ स्थित ज्यापू प्रज्ञभवन, भोलगणेशमा गर्न लागेको हो ।

सभामा वार्षिक वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तयारी गरिएको छ । आर्थिक वर्ष २०८०८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक अनुमोद गर्ने तयारी सभामार्फत् गरिएको छ । यस वर्ष कुनै प्रकारको लाभांश वितरण नगर्ने बताइएको छ ।

साधारणसभा प्रयोजनका लागि पुस १५ गते शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गरिने भएको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार