लुम्बिनी विकास बैंकले पुस २९ मा साधारण सभा गर्ने, ७ प्रतिशत लाभांश प्रस्ताव लैजाने

Garima_Business-Loan3

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

बैंकले पुस २९ गते, अमृतभोग, कालिकास्थान, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान साढे १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १९ गते शेयर दाखिला खारेज बन्द (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोजसँग पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार