के ब्याजरद घट्दा ३७ अर्ब बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी गुमेको हो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी १६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी १ खर्ब ९७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६.०८ प्रतिशत अर्थात् ३७ अर्ब ९४ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी २ खर्ब ३५ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाए सँगै ब्याज आम्दानीमा कमी भएको हो । पछिल्लो समय वाणिज्य बैंकको औसत आधारदर ७ प्रतिशतमा हारहारी रहेको छ । भने पछिल्लो एक वर्षको अवधिमा बैंकहरुको औसत आधारदर २६ प्रतिशत हाराहारीले घटेको छ । यसरी आधारदर घटेसँगै बैंकहरुबाट प्रवाह हुने कर्जाको ब्याजदर पनि सस्तिएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा कमी गर्दा आम्दानी समेघ घटेको बैंकरहरु बताउछन् । चालु आर्थिक वर्षको कार्तिकसम्म वाणिज्य बैंकको ब्याज आम्दानी १ खर्ब ७३ अर्ब ५ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३३ अर्ब १९ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकको ब्याज आम्दानी २ खर्ब ६ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको कार्तिकसम्म विकास बैंकको ब्याज आम्दानी २० अर्ब २८ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४ अर्ब ३४ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकको ब्याज आम्दानी २४ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको कार्तिकसम्म वित्त कम्पनीहरुको ब्याज आम्दानी ४ अर्ब ६३ करोड ८० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वषको सोहि अवधिको तुलनामा ४१ करोड ८० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुको ब्याज आम्दानी ५ अर्ब ५ करोड ६० लाख रुपैयाँ रहेको थियो । पछिल्लो समय अर्थतन्त्र चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह समेत कमजोर रहेको छ, जसको असर ब्याज आम्दानीमा समेत परेको विज्ञहरु बताउछन् । अर्थतन्त्र चलयमान हुन नसक्दा कर्जा असुली समेत बढ्न सकेको छैन भने बैंक तथा वित्तीय संस्थाको खराब कर्जामा समेत सुधार आउने सकेको छैन अर्को

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार