काठमाडौं । नागरिक लगानी कोषको (सीआईटी) ३० औँ वार्षिक साधारणसभा पुस २९ गते काठमाडौं नयाँबानेश्वरस्थित सीआईटी बिल्डिङमा बोलाएको छ ।
कोषको सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा पुष २९ गते गर्ने निर्णय गरेको हो । साधारण सभाले गत आर्थिक वर्ष २०८०\८१ का प्रस्तावित चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।
सभाले कम्पनीको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको आर्थिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हुँदा पुस २१ गते सम्म कायम शेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।