नेप्सेले फुकुवा गर्‍यो आत्मनिर्भर लघुवित्तको शेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आत्मनिर्भर लघुवित्तको शेयर कारोबार फुकुवा गरेको छ । पुस ८ गते रोक्का गरेको लघुवित्तको शेयर कारोबार पुस ९ गते फुकुवा गरेको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना तोकिएको अवधिभित्र नेप्सेलाई उपलब्ध नगराएका भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।

पुस ८ गतेनै कम्पनीले आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था पूर्ण रुपमा कार्यान्वय गर्ने प्रतिवद्धता सहित कारोबार फुकुवाका लागि अनुरोध गरेसँगै नेप्सेले पुस ९ गतेदेखि कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

नेप्सेले धितोपत्र सूचीकरण सम्बन्धी सम्झौतका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै सूचीकरण स्थगत फुकुवा गरिएको जानकारी दिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार