CLI

विशिष्टीकृत लगानी कोष अन्तर्गतको कोष व्यवस्थापक १३ पुगे, स्वेडा इक्विटी फण्ड लिमिटेड थपियो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वेडा इक्विटी फण्ड लिमिटेडले विशिष्टीकृत लगानी कोष अन्तर्गतको कोष व्यवस्थापकको रुपमा काम गर्नका लागि अनुमतिपत्र प्राप्त गरेको छ । नियामक निकाय सेबोनले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न स्वेडालाई अनुमति प्रदान गरेको हो ।

स्वेडालाई गत भदौ ५ गते कोष व्यवस्थापकको अनुमति प्रदान गरिएको सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

स्वेडाले अनुमति प्राप्त गरेसँगै सेबोनको विशिष्टीकृत लगानी कोष अन्तर्गतको कोष व्यवस्थापकको रुपमा काम गर्ने कम्पनीको संख्या १३ पुगेको छ । यस अघि सेबोनले १२ कम्पनीलाई कोष व्यवस्थापकको अनुमति प्रदान गरेको थियो ।

एनएमबि क्यापिटल लिमिटेड, प्रमु क्यापिटल लिमिटेड, रिलायबल भेन्चर क्यापिटल लिमिटेड, आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेड, अल्फा प्लस भेन्चर क्यापिटल लिमिटेड, अवसर इक्विटी लिमिटेड, ग्लोबल इक्विटी फण्ड लिमिटेड, लक्ष्मी सन्राइज क्यापिटल मार्केट लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडले कोष व्यवस्थापनको लागि स्वीकृति प्राप्त गरेका छन् ।

कोष व्यवस्थापनको अनुमति पाएका यी कम्पनीहरुले नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरुमा लगानी गर्न सक्छन्। यस्ता कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता, नेपाली नागरिक तथा गैरआवासीय नेपालीले लगानी रहन्छ । जसबाट स्वदेशी स्रोत परिचालन भई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पुँजी बजार विस्तार गर्न सहयोग पुग्नेछ ।

Leave Your Comment

Related News