काठमाडौं । स्वेडा इक्विटी फण्ड लिमिटेडले प्रबन्ध सञ्चालक/प्रमुख कार्यकारी अधिकृतको सेवा सुविधा तोक्ने प्रस्ताव सहित चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २२ साधारण सभा गर्ने भएको हो । सभा रजिष्टर्ड कार्यालय लाजिम्पाट–०२ काठमाडौंमा ३:३० बजेदेखि सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण, सञ्चालकको सेवा सुविधा, प्रबन्ध सञ्चालक/प्रमुख कार्यकारी अधिकृतको सेवा सुविधा निर्धारण गर्ने लगायत प्रस्ताव पेश गरिनेछ ।
नियामक निकाय सेबोनले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न स्वेडा इक्विटी फण्ड लिमिटेडले २०८१ भदौ ५ गते अनुमति प्रदान गरेको हो ।