इसेवाबाट रकम चोरी भएको छैन, भ्रामक समाचारप्रति कम्पनीको खण्डन

काठमाडौं । इसेवाले पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल र केही समाचार पोर्टलहरूमा आफूबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको भनी प्रकाशित भएका भ्रामक र आधारहीन समाचारहरूको खण्डन गरेको छ। यस प्रकारका गलत समाचारहरूले प्रयोगकर्तामाझ अनावश्यक त्रास र भ्रम उत्पन्न गराएको भन्दै कम्पनीले सत्य तथ्यमा विश्वास गर्न सबैलाई आग्रह गरेको छ।

इसेवाले आफ्नो १६ वर्षको इतिहासमा प्रणालीको सुरक्षामा कुनै कमी नराखेको स्पष्ट पार्दै, प्रयोगकर्ताहरूको रकम पूर्ण रूपमा सुरक्षित रहेको विश्वास दिलाएको छ। कम्पनीले स्पष्ट पारेको छ कि भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ अनुसार, डिजिटल वालेटहरूका ग्राहकहरूको रकम डिजिटल वालेटमा नराखी ‘क’ वर्गका वाणिज्य बैंकका सेटलमेन्ट खातामा राख्नुपर्ने प्रावधान रहेको छ। यसले गर्दा ग्राहकहरूको रकम दुरुपयोग वा अनधिकृत पहुँचबाट सुरक्षित रहन्छ।

कम्पनीले यस्तो सुरक्षात्मक प्रणाली लागू भएकाले इसेवाको हकमा पनि कुनै असुरक्षाको अवस्था नरहेको पुन: दोहोर्‍याएको छ। साथै, यस प्रकारका भ्रामक समाचारहरूमा विश्वास नगर्न र सत्यमा आधारित जानकारीमात्र ग्रहण गर्न आग्रह गरेको छ।

इसेवाले प्रयोगकर्ताहरूलाई आफ्नो प्रणालीको सुरक्षामा भरोसा राख्न अनुरोध गर्दै भ्रामक प्रचारप्रति सचेत रहन आह्वान गरेको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार