काठमाडौं । अल्फा प्लस भेन्चर्स लिमिटेडले नियमावलीको नियम संशोधन गर्ने विशेष प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले पुस १४ गते (आइतबार) साधारण सभा गर्ने भएको हो । सभा
काठमाडौं महानगरपालिका वडा नम्बर १, नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।
सभामा छलफलका लागि विभिन्न प्रस्तावहरू पेस गरिनेछ। विशेष प्रस्तावअन्तर्गत कम्पनीको नियमावलीको नियम ३८ को उप–नियम ३ संशोधन गर्ने विषयमा निर्णय गरिनेछ ।
त्यस्तै, सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरी त्यसउपर छलफल गरिने छ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्न सञ्चालक समितिले प्रस्तुत गरेको प्रस्तावमाथि निर्णय गरिनेछ ।
यसैगरी, सञ्चालक समितिका सदस्यहरूको पारिश्रमिक र भत्तासम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ ।
साधारण सभाका सबै प्रस्तावहरू कम्पनीका शेयरधनीहरूको अनुमोदनका लागि पेस गरिनेछ ।