CLI

गरिमा समृद्धि योजना म्युच्युअल फण्डमा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको  गरिमा म्युचूअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना ( बन्दमुखी योजना ) मा लगानी कर्ताले आवेदन दिने आज अन्तिम दिन रहेको छ

गरिमा समृद्धि योजना को प्रति इकाई अंकित मूल्य रु.१०/- दर को १०,००,००,००० (दश करोड मात्र ) इकाईले हुने कुल रकम रु. १,००,००,००,०००/- (अक्षरेपी एक अर्ब रुपैयाँ मात्र) मध्ये न्यूनतम १,४०,००,००० (एक करोड चालिस लाख मात्र) इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ (चौध) प्रतिशत इकाई कोष प्रवर्द्धक कम्पनी गरिमा विकास बैंक लिमिटेड तथा न्यूनतम १०,००,००० (दश लाख मात्र) इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १ (एक) प्रतिशत इकाई, योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ ।

गरिमा बैङ्क र गरिमा क्यापिटललाई सुरक्षित गरि बाँकी रहेको  ८,५०,००,००० ( आठ करोड पचास लाख मात्र) इकाई  २०८१ पौष ०७ गते आइतबार देखि  सर्सावसाधारणको लागि सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो  । सो बिक्रिमा रहेको म्युच्युअल फण्ड आज ( बैकिङ्ग समय पश्चात् ) उक्त इकाई खरिदका लागि आवेदन लिने कार्य बन्द हुनेछ ।

कोष व्यवस्थापक गराम क्यापिटलले निष्काशन कार्यमा संलग्न सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई सामूहिक लगानी कोषको इकाईका लागि दरखास्त काम  आज बैंकिङ्ग समय पश्चात्त बन्द गर्न भनेको छ ।

 

Leave Your Comment

Related News