७ वटा विकास बैंकले गरे लभांश घोषणा, ३ वटा बैंकले लाभांश नदिने

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज , नेप्सेमा सूचीकृत विकास बैंकहरुले लाभांश घोषणा गरेका छन् । मुलुकमा सञ्चलानमा रहेका १७ वटा विकास बैंक मध्ये नेप्सेमा सूचीकृत ७ वटा बैंकले लाभांश घोषणा गर्दा बाँकी ६ वटाले लाभांश घोषणा गरेका छैनन् , भने बाँकी ३ वटाले लाभांश वितरण नगर्ने जनाएका छन् । शतप्रतिशत विकास बैंकहरु नेप्सेमा सूचीकृत छन् ।

लाभांश वितरणको घोषणा गर्नेमा शाईन रेसुङगा, गरिमा , लुम्बिनी, महालक्ष्मी, सांग्रीला, मुक्तिनाथ र मितेरी विकास बैंक रहेका छन् । बोनस शेयर र नगद गरी शाईन रेसुङगाले ११.०५ प्रतिशत , गरिमाले १० प्रतिशत, लुम्बिनीले ८.५० प्रतिशत, महालक्ष्मीले ६.४० प्रतिशत, सांग्रीलाले ५.२६ प्रतिशत, मुक्तिनाथले १०.२६ र मितेरीले १० प्रतिशत वितरण गर्न लागेका हुन् । महालक्ष्मीले भने आफनो शेयर धनीहरुलाई बोनस शेयर वितरण नगर्ने जनाएको छ ।

शेयरधनीहरुले आफूसँग प्राप्त शेयरको आधारमा बोनस शेयर र नगद लाभांश प्राप्त गर्नेछन् । बोनस शेयर र नगद लाभांश वितरणका लागि शेयरधनीहरुलाई शेयर दाखिला खारेज बन्द (बुकक्लोज) को मिति तय गरिसकेको छ । सोहि आधारमा शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् । ती बैंकहरुले आर्थिक वर्ष २०८०८१ को सम्मको मुनाफाबाट बोनस शेयर र नगद लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्न बाँकी बैंकहरुमा ग्रीन डेभलपमेन्ट, एक्सेल, कर्णाली, सिन्धु, कर्पोरेट र नारायणी विकास बैंक रहेका छन् । लाभांश वितरण नगर्नेमा भने कामना, ज्याति र सप्तकोशी विकास बैंक रहेका छन् । बैंकहरुको वित्तीय अवस्था कमजोर रहेको कारणले गर्दा आफना शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरेका हुन् । यसैबीच कर्णाली विकास बैंकलाई भने नेपाल राष्ट्र बैंकले बुधबार समस्याग्रस्त घोषणा गरेको छ , यो सँगै लाभांश वितरण प्रभावित हुने देखिन्छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार