सामान्य अंकले बढ्यो नेप्से र कारोबार रकम

काठमाडौं । बुधबार सार्वजनिक बिदा पछि खुलेको शेयर बजार सामान्य बढेको छ ।
साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३० अंकले बढेर ४५१.४५ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.२४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७३ अंकले बढेको छ ।

बिहीबार ३१० वटा कम्पनीको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रहेको छ । जुन मंगलबारको तुनलामा १२ करोड ७० लाख ११ हजारले बढी हो । मंगलबार ३१२ वटा कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब २० करोड २२ लाख ६३ हजार पुगेको थियो ।

बिहीबार ७० वटा कम्पनीको शेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । बिहीबार बजार पुँजीकरण रकम ४३ खर्ब ६३ अर्ब ५६ करोड ६५ लाख रह्यो ।

बिहीबार ४ वटा समूह परिसूचक बढ्दा बाँकी ९ वटा समूह परिसूचक घटेको छ । बैंकिङ २५, लगानी ०.२७, लघुवित्त ७ र व्यापार १०७ अंकले बढ्दा विकास बैंक १३७, वित्त ८५, होटल र पर्यटन ५१, जलविद्युत ४५, जीवन बीमा ३८, उत्पादन र प्रशोधन ६, म्युअुचल फण्ड ०.०४, निर्जीवन बीमा ३३ र अन्य समूह ३ अंकले घटेको छ ।

बिहीबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा प्रभु बैंक, जानकी फाइनान्स, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, कुमारी बैंक र सप्तकोशी विकास बैंक रह्यो । प्रभु बैंकको ५० करोड ७७ लाख, जानकी फाइनान्सको २२ करोड ३९ लाख, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको १५ करोड ३९ लाख, कुमारी बैंकको १४ करोड ८९ लाख र सप्तकोशी विकास बैंकको १३ करोड ८२ लाख बराबर करोबार भयो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार