काठमाडौं । सामाजिक सुरक्षा कोषले विभिन्न रिक्त पदहरू पूर्तिका लागि दरखास्त खुला गरेको छ। कोषले आन्तरिक तथा खुला प्रतियोगितामार्फत सेवा, समूह, उपसमूह र तह अनुसारका पदहरूमा कर्मचारी नियुक्त गर्ने उद्देश्यले आवेदन माग गरेको हो।
इच्छुक र योग्य उम्मेदवारले निर्देशक, वरिष्ठ सहायक निर्देशक, वरिष्ठ सहायक निर्देशक, सहायक निर्देशक, प्रशासकीय अधिकृत, लेखा एवं कानुन अधिकृत, सूचना प्रविधि अधिकृतलगायतका पदमा आवेदन दिन सक्नेछन् ।
त्यस्तै, कोषले वरिष्ठ प्रशासन सहायक, लेखापाल, प्रशासन सहायक तथा सहायक कम्प्युटर अपरेट पदमा पनि जनशक्ति माग गरेको छ ।
आवेदन अनलाइनमार्फत दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति माघ ३ गते रहेको छ भने त्यसपछि दोब्बर दस्तुर तिरी माघ १० गतेसम्म दिन सकिनेछ ।