CLI

नेपाल राष्ट्र बैंकले खारेज गर्यो ३ रेमिट कम्पनीको इजाजतपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा विप्रेषण कम्पनीहरूको इजाजतपत्र खारेज गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार  विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त नमस्ते रेमिट इन्टरनेशनल प्रा.लि., मोडर्न रेमिट्यान्स प्रा. लि. र भाटभटेनी मनि ट्रान्सफर प्रा. लि.को लाइसेन्स रद्द गरेको हो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार यी  विप्रेषण कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम-१३ को उप-विनियम (५) बमोजिम खारेज हुने देखिएकाले  लाइसेन्स खारेज गरिएको जनाएको छ  ।

राष्ट्र बैङ्कले विप्रेषण कारोबारको सिलसिलामा खारेज भएका यी  कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम बाँकी रहेको भए आजको  ३५ दिनभित्र नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग बालुवाटार, काठमाडौं मा लिखित जानकारी दिन भनेको छ ।

नेपाल राष्ट्र बैंकले तोकिएको मितिभित्र कुनै लिखित निवेदन पेश  नभएमा यी  विप्रेषण कम्पनीहरूको बैंक जमानत फुकुवा हुने जनाएको छ । तोकिएको म्याद भित्र यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम दाबी गरेमा सो अबधिको बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाबमिलान हुने बताएको छ  ।

Leave Your Comment

Related News