काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबार प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ भएको छ ।
छापावाल सुनको मूल्य आज प्रति १० ग्रामको मूल्य १ लाख २९ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा पुगेको छ । प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ५६ रुपैयाँ रहेको छ ।