एनआईसी एशिया ग्रोथ फण्डले कमायो १२ करोड २५ लाख नाफा

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डले मंसिर मसान्तसम्ममा १२ करोड २५ लाख नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा २४ दशमलव ८९ प्रतिशत कम हो । सो अवधिमा फण्डले  १६ करोड ३१ लाख नाफा कमाएको थियो । मंसिर महीनामा फण्डको आम्दानीमा कमी आएकोले नाफा घटेको हो ।

कात्तिक मसान्तमा फण्डको कुल आम्दानी  १७ करोड २ लाख रहेकोमा मंसिर मसान्तमा  १३ करोड १२ लाखमा सीमित भएको छ ।

नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि कात्तिकको तुलनामा मंसिरमा घटेको छ । कात्तिक मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ९७ पैसा रहेकोमा मंसिर मसान्तमा ११ रुपैयाँ ४८ पैसामा सीमित भएको हो ।

फण्डले सूचीकृत शेयरमा लगानी भने कात्तिकको तुलनामा मंसिरमा केही घटाएको छ । कात्तिक मसान्तमा सूचीकृत शेयरमा ८० करोड ८४ लाख लगानी गरेकोमा मंसिर मसान्तमा घटाएर  ७९ करोड १० लाखमा झारेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार