सनराइज ब्लूचिप फण्डको नाफा ९६ प्रतिशतले घट्यो

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज ब्लूचिप फण्डले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणअनुसार फण्डको खुद नाफा कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा ९६ प्रतिशत कमी आएको छ । फण्डले कात्तिक मसान्तमा ७ करोड ४ लाख नाफा कमाएकोमा मङ्सिर मसान्तमा २८ लाख १७ हजारमा झरेको हो । मंसिर महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी घटेकाले नाफा घट्न पुगेको हो ।

कात्तिक मसान्तमा फण्डको कुल खर्च ९१ लाख ७२ हजार रहेकोमा मंसिरमा बढेर १ करोड १२ लाख पुगेको छ । त्यस्तै फण्डको कुल आम्दानी कात्तिक मसान्तमा ७ करोड ९६ लाख रहेकोमा मंसिर मसान्तमा १ करोड ४० लाखमा झरेको छ ।

नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि घटेको छ । कात्तिक मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ७६ पैसा रहेकोमा मंसिर मसान्तमा ११ रुपैयाँ २१ पैसामा सीमित भएको छ ।

फण्डले मंसिर मसान्तमा सूचीकृत शेयरमा १ अर्ब २२ करोड ४७ लाखभन्दा बढी लगानी गरेको छ । यो लगानी कात्तिक मसान्तमा १ अर्ब २२ करोड ५ लाख थियो । यस आधारमा फण्डले सूचीकृत शेयरमा लगानी कात्तिकको तुलनामा मंसिरमा केही बढाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार