साताको शेयर : सम्पूर्ण सूचक सकारात्मक, ५६ अर्बले बजार पुँजीकरण रकम र १७ करोडले कारोबार रकममा वृद्धि

काठमाडौं । यो साता ४ दिन खुलेको शेयर बजारका समूह परिसूचक बाहेक सम्पूर्ण सूचकहरु सकारात्मक रह्यो । साताभर खुलेको शेयर बजारमा तुलनात्मक रुपमा नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक, सेन्सेटिभ इनडेक्स, कारोबार शेयर कित्ता, कारोबार रकम र बजार पुँजीकरण सकारात्मक रह्यो ।

नेपाल स्टक एक्सचेन्ज, नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता कारोबार रकम १७ अर्ब ७ करोड ५८ लाख रुपैयाँले बढेको छ । यो साता साताभर खुलेको शेयर बजारमा कारोबार रकम १९ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ हुदाँ गत साता उक्त रकम १९ अर्ब ३० करोड ९१ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बजार पुँजीकरण रकम ५६ अर्ब २० करोड रुपैयाँले बढ्न पुग्यो । यो साता ४३ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ बजार पुँजीकरण रकम हुदाँ गत सातामा ४३ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कारोबार शेयर कित्तामा १ करोड २१ लाख ५९ हजारले वृद्धि भयो । यो साता ५ करोड १८ लाख १४ हजार कित्ता कारोबार भएकोमा गत साता ३ करोड ९६ लाख ६४ हजार रहेको थियो ।
यो साता समग्र धितोपत्र दोस्रो बजार कारोबार मापक , नेप्से परिसूचक २६३०.७१ विन्दुमा पुगेर बन्द भएको छ ।

यो सँगै गत साताको तुलनामा यो साता नेप्से ३३.८९ अंकले वृद्धिदर देखिएको हो । गत साता नेप्से २५९६.८२ विन्दुमा पुगेर बन्द भएको थियो । गत साताको तुलनामा यो साता सेन्सेटिभ इन्डेक्स ५.६८ अंकको वृद्धिदर देखिएको छ । यो साता ४५१.४५विन्दुमा पुगेर बन्द भएको सेन्सेटिभ इन्डेक्स गत साता ४४५.७७ विन्दुमा पुगेर बन्द भएको थियो ।

त्यस्तै समूह सूचकहरु भने समीक्षा अवधिमा ७ वटा समुह सुचक बढ्दा बाँकी ६ वटा समूह सुचक घटेको छ । अघिल्लो साताको तुलनामा यो साता बैकिङ ३६, जलविद्युत् ९३, लगानी ०.५७, उत्पादन र प्रशोधन १०७, लघुवित्त ७८, व्यापार ४४ र अन्य समूह १२ अंकले बढेको छ । विकास बैंक ९३, वित्त ३०, होटल र पर्यटन ६८,जीवन बीमा १२, म्युअुचल फण्ड १ र निर्जीवन बीमा ५३ अंकले घटेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार