बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा उठाउन सकस, २० अर्बले घटाए विपन्न वर्ग कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने विपन्न वर्ग कर्जामा कमी आएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह खुम्चिन पुग्दा विपन्न वर्ग कर्जा वितरण समेत प्रभावित बन्न पुगेको जानकारहरु बताउछन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुले विपन्न कर्जास्वरुप २ खर्ब ९७ अर्ब ९९ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २० अर्ब ३० करोड रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले विपन्न कर्जास्वरुप ३ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ वितरण गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले विपन्न वर्ग कर्जा वितरण घटाउदा समग्रमा कर्जा रकममा कमी आएको हो । चालु आर्थिक वर्षको कार्तिकसम्म वाणिज्य बैंकले विपन्न कर्जास्वरुप २ खर्ब ५५ अर्ब १७ करोडरुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५ अर्ब १८ करोड रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले विपन्न कर्जास्वरुप २ खर्ब ७० अर्ब ३५ करोड रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको कार्तिकसम्म विकास बैंकले विपन्न कर्जास्वरुपरुपैयाँ ३७ अर्ब २३ करोड ८० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४ अर्ब २८ करोड ४० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले विपन्न कर्जास्वरुप ४१ अर्ब ५२ करोड २० लाख वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको कार्तिकसम्म वित्त कम्पनीहरुले विपन्न कर्जास्वरुप ५ अर्ब ५८ करोड ४० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८५ करोड १० रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले विपन्न कर्जास्वरुप ६ अर्ब ४३ करोड ५० लाख रुपैयाँ वितरण गरेको थियो । बैंक तथा वित्तीय संस्थाले विपन्न कर्जा वितरण पश्चयात सावाँ र ब्याज भुक्तानी गर्न नसके सँगै कर्जा वितरणमा कमी गर्दै लगेको हो । कर्जा उठाउन समस्या भए सँगै विपन्न वर्ग कर्जा वितरणमा कमी आएको बैंकरहरु बताउँछन् । अर्थतन्त्र सही ढंगले अघि बढ्न नसक्दा अन्य कर्जा सँगै विपन्न कर्जा समेत प्रभावित बन्न पुगेको बैंकरहरुको भनाई छ ।

सरकारले पिछडिएका तथा आर्थिक रुपमा विपन्न वर्गका नेपालीहरुलाई आय आर्जन गरी आफ्नो जीविकोपार्जन सहज बनाउनका लागि सहुलियतपूर्ण कर्जा सुविधा दिइएको पाइन्छ । यो सुविधा लिनका लागि बैंकले ग्राहकका लागि सिधै वा कुनै मध्यस्त संस्थाहरुको माध्यमबाट प्रदान गर्ने गरेको बैंकरहरु बताउछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार