बोटलर्स नेपालको ४६ औं वार्षिक साधारण सभा पुस २६ मा

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडको छयालिसीऔं साधारण सभा पुस २६ गते बस्ने भएको छ । सभा दिउँसो ४ बजे होटल ¥याडिसन, लाजिम्पाट, काठमाडौंमा बस्ने लागेको कम्पनीको सञ्चालक समितिले जनाएको छ ।

मंसिर ५ गते बुधबार बसेको सञ्चालक समितिले उक्त निर्णय गरेको हो सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने र प्रबन्ध सञ्चालकको पारिश्रमिक वृद्धि पारित गर्ने प्रस्ताव राखिने बताइएको छ । उक्त दुई वटा सामान्य र विशेष दुई वटा प्रस्ताव सभामा राखिने छ ।
विशेष प्रस्ताव अन्तर्गत एकिकृत वित्तिय विवरण सम्वत् २०६१ असार ३१ गते सम्मको वासलात, आर्थिक वर्ष २०८०/८१ को आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरिक्षकको प्रतिवेदन स्वीकृत गर्ने रहेको छ ।

अर्को प्रस्तावमा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१ ८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक स्वीकृत गर्ने । आर्थिक वर्ष २०८१ /८२ को लेखापरीक्षण गर्न ६ लाख मात्र पारिश्रमिक सहित लेखापरीक्षक नियुक्ती गर्ने प्रस्ताव गरिएको छ ।

सभालाई ध्यानमा राखी पुस १९ गते कम्पनीको शेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) गरिनेछ । बुक क्लोजको अघिल्लो दिन अर्थात् पुस १८ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् । सभामा भाग लिन चाहने सदस्यहरुले प्रवेश पत्र वा शेयर प्रमाणपत्र – हितग्राही खाता नम्बर (बीओआइडी) अनिवार्य रूपले लिई आउनु पर्नेछ । शेयरधनी माहानुभावहरुले कुनै कारणवश सो सूचना नपाउनु भएमा परिचयपत्र र शेयरको सक्कल प्रमाण पत्र साथमा लिई सभामा भाग लिन आउन सक्नेछन् । कम्पनीले बोनश शेयर र नगद लाभांश वितरणको प्रस्ताव भने गरेको छैन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार