बोटलर्स नेपाल तराईको अठ्तिसौंं वार्षिक साधारण सभा पुस २६ मा, नगद लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडको अठ्तिसौं वार्षिक साधारण सभा पुस २६ गते बस्ने भएको छ । सभा दिउँसो ४ बजे होटल ¥याडिसन, लाजिम्पाट, काठमाडौंमा बस्ने लागेको कम्पनीको सञ्चालक समितिले जनाएको छ ।

मंसिर ५ गते बुधबार बसेको सञ्चालक समितिले उक्त निर्णय गरेको हो । सभामा चार वटा सामान्य प्रस्ताव पेश गरिने छ । जसमा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने र २०८१ असार ३१ गतेसम्मको वासलात, आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।
अर्को प्रस्तवामा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक स्वीकृत गर्ने, लेखापरीक्षण गर्न ६ लाख ५० हजार पारिश्रमिक सहित लेखापरीक्षक नियुक्ती गर्ने छ ।

कम्पनीको नगद लाभाशं वितरण गर्ने बारे भने संचालक समितिले प्रति शेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

वार्षिक साधारण सभालाई ध्यानमा राखि पुस १९ गते कम्पनीको शेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) रहने छ । पुस १९ गते सम्म कारोबार भई प्रचलित कानुन वमोजिम यस कम्पनीको शेयर रजिष्ट्रार नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडबाट प्राप्त हुने शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुलाई साधारण सभामा सहभागी हुने पाउनेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार