शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४६ अंकले घटेर ४४८.९९ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.४२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.८४ अंकले घटेको छ ।

आइतबार ३१६ वटा कम्पनीको १ करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार रह्यो । जुन बिहीबारको तुलनामा १४ करोड ५५ लाख ९४ हजारले बढी हो । बिहीबार ३१० वटा कम्पनीको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रहेको थियो ।

आइतबार बजार पुँजीकरण रकम भने ४३ खर्ब २८ अर्ब ५१ करोड ८४ लाख रह्यो । जुन बिहीबारको तुलनामा ३५ अर्ब ४ करोड ८१ लाखले कम हो । बिहीबार बजार पुँजीकरण रकम ४३ खर्ब ६३ अर्ब ५६ करोड ६५ लाख रहेको थियो ।

आइतबार ६९ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७२ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आइतबार ३ वटा समूह परिसूचक बढ्दा बाँकी १० वटा समूह परिसूचक घटेको छ । लघुवित्त ५५, म्युअुचल फण्ड ०.०३ र अन्य समूह ६ अंकले बढ्दा बैंकिङ १२, विकास बैंक १४२, वित्त १३७, होटल र पर्यटन ३९, जलविद्युत ६१, लगानी ०.६६, जीवन बीमा ४९, उत्पादन र प्रशोधन ५५, निर्जीवन बीमा १६ र व्यापार ४९ अंकले घटेको छ ।

आइतबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा प्रभु बैंक, जानकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, एनएलजी इन्स्योरेन्स र रिभर फल्स पावर लिमिटेड रह्यो । प्रभु बैंकको २६ करोड १० लाख, जानकी फाइनान्सको १६ करोड ९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १५ करोड ३४ लाख, एनएलजी इन्स्योरेन्सको १२ करोड १३ लाख र रिभर फल्स पावर लिमिटेडको ११ करोड १८ लाख बराबर कारोबार भयो ।

आइतबार ५ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । जसमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था,नारायणी डेभलपमेन्ट बैंक,सप्तकोशी विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार