काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई नगद लाभांश बैंक खातामा जम्मा गरिदिएको छ ।
मंसिर २८ गते साधारण सभा सम्पन्न गरेको यस कम्पनीले मंसिर १६ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो ।
कम्पनीले कनेक्ट आइपीएस मार्फत शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५ दशमलव ६३१ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको हो ।
त्यस्तै कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका शेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । कम्पनीको मंसिर २८ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र ५ दशमलव ६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।