हुलास आईरन इन्डष्ट्रिजले बोलायो साधारण सभा, आईपीओको प्रस्ताव अघि बढाउने

काठमाडौं । हुलास आईरन इन्डष्ट्रिज लिमिटेडले पुस २५ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा प्राथामिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्कासनको प्रस्ताव पारित गर्ने तयारी समेत कम्पनीले गरेको छ ।

मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २५ गते गणेशस्थान हामा अईरन बिल्डिङमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव स्वीकृत गर्दै त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ ।

आईपीओ निष्कासनपछि कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा परिवर्तन गर्ने विषय पनि सभाका लागि तय भएको छ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने बताइएको छ ।

साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउने जनाइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार