CLI

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ  । इन्स्योरेन्सको हकप्रद शेयरमा मंसिर ११ गतेदेखि हकप्रद बिक्रि खुल्ला गरेको थियो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले  कात्तिक २७ गते बुकक्लोज गरेको थियो।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनएलजी इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरु र लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार