काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले गरेको हकप्रद शेयर निष्काशन तथा बिक्री गरेको हकप्रदमा आवेदन दिने भोली अर्थात पुष १७ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले रु.१००/- अंकित दरका १,८२,७९,७०० कित्ता शेयरहरुको हकप्रद १:१ का दरले निष्काशन गरेको थियो । हकप्रद शेयर बिक्रि प्रयोजनार्थ कम्पनीले २०८१ कार्तिक २१ गते बुक क्लोज गरेकाले सो दिन भन्दा अघिल्लो दिन कायम शेयर धनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । तोकिएको मिति २०८१ पुष १७ पश्चात कम्पनीले हकप्रद आबेदन लिन समय नथप्ने बताएको छ ।