आज ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । नेप्सेमा सूचीकृत ६ कम्पनीको लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ  । लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आइसीएफसी फाइनान्स, डिप्रोक्स लघुवित्त, साना किसान विकास लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते  बुक क्लोज गर्दैछन् । तसर्थ, आज पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश लिन योग्य हुनेछन्  ।

लक्ष्मी सनराइज बैङ्कले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।  सांग्रिला डेभलप्मेष्ट बैङ्कले ३.६५% बोनस सेयर र कर प्रयोजनका लागि ०.१९% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । आइसीएफसी फाइनान्सले   गत वर्षको नाफाबाट कर सहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

डिप्रोस लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा, होटल सेभेन स्टार लिमिटेड, सौराहामा बिहान १० बजेबाट सुरु हुनेछ ।

साना किसान विकास लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।  शोबम् सिमेन्टले गत वर्षको नाफाबाट ८.५५ बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार