CLI

विशिष्टीकृत लगानी कोष व्यवस्थापनका लागि २० कम्पनीको आवेदन, कम्पनीको मूल्यांकनमा सेबोन

निर्दोष घोरसाइने

काठमाडौं । नेपाल धितो पत्र बोर्ड (सेबोन)बाट विशिष्टीकृत लगानी कोष अन्तर्गतको कोष व्यवस्थापकको रुपमा काम गर्न खोज्ने कम्पनीको संख्या बढ्दो देखिएको छ । कोष व्यवस्थापकको रुपमा काम गर्न मंसिर मसान्तसम्म २० कम्पनीले आवेदन दिएको सेबोनले जानकारी दिएको छ ।

कम्पनीहरुले नियामक निकाय सेबोनबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको रुपमा काम गर्ने अनुमति पत्र माग गर्दै आवेदन दिएका हुन् ।

सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले प्राप्त आवेदनहरुको समीक्षा भइरहेको छ।

‘कोष व्यवस्थापकको अनुमति माग गर्दै आवेदन दिने कम्पनीहरुको मूल्यांकन भइरहेको छ । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गतको मापदण्ड पुरा गरेर आवश्यक डकुमेन्ट पुरा गरेका कम्पनीलाई अनुमति प्रदान गरिन्छ,’ प्रवक्ता घिमिरेले भने ।

सेबोनले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गतर रहेर कोष व्यवस्थापकको अनुमति प्रदान गर्ने गर्छ ।

आवेदन दिने कम्पनीहरु

कोष व्यवस्थापकको रुपमा आवेदन माग गर्दै सेबोनमा आवेदन दिनेमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड, इमर्जिङ भेन्चर लिमिटेड, हिमालयन क्यापिटल, इभरेष्ट फण्ड लिमिटेड र सनलाइफ क्यापिटल लिमिटेड रहेका छन् ।

यस्तै सिटिजन्स क्यापिटल लिमिटेड, रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेड, टिम पार्टनर फण्ड लिमिटेड, एशियन क्यापिटल लिमिटेड र पावर फण्ड लिमिटेड कोष व्यवस्थापकको रुपमा काम गर्ने अनुमति माग गरेका छन् ।

साथै, कोष व्यवस्थापक बन्न इलाभेसन फण्ड लिमिटेड, मुक्तिनाथ क्यापिटल लिमिटेड, ज्योति क्यापिटल लिमिटेड, माच्छापुच्छे क्यापिटल लिमिटेड र इलिमेसन पाटर्नसले आवेदन दिएको सेबोनले जानकारी दिएको छ ।

इम्पेरियल फन्ड लिमिटेड, समृद्धि इक्विटी लिमिटेड, स्मार्ट इन्भेष्टमेन्ट लिमिटेड, एपेक्स फण्ड लिमिटेड र पिक इक्विटी भेन्चर लिमिटेडले कोष व्यवस्थापकको रुपमा काम गर्न सेबोनमा निवेदन दिएका छन् ।

अनुमति पाएका कम्पनीहरु

हालसम्मले १३ कम्पनीलाई कोष व्यवस्थापकको रुपमा काम गर्ने अनुमति प्रदान गरेको छ । यस्तो अनुमति पाउने कम्पनीहरुमा

एनएमबि क्यापिटल लिमिटेड, प्रमु क्यापिटल लिमिटेड, रिलायबल भेन्चर क्यापिटल लिमिटेड, आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेड, अल्फा प्लस भेन्चर क्यापिटल लिमिटेड, अवसर इक्विटी लिमिटेड, ग्लोबल इक्विटी फण्ड लिमिटेड, लक्ष्मी सन्राइज क्यापिटल मार्केट लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, एनआईसी एशिया क्यापिटल लिमिटेड र स्वेडा इक्विटी फण्ड लिमिटेडले कोष व्यवस्थापनको लागि सेबोनबाट अनुमति प्राप्त गरेका छन् ।

कोष व्यवस्थापनको अनुमति पाएका यी कम्पनीहरुले नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरुमा लगानी गर्न सक्छन्। यस्ता कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता, नेपाली नागरिक तथा गैरआवासीय नेपालीले लगानी रहन्छ । जसबाट स्वदेशी स्रोत परिचालन भई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पुँजी बजार विस्तार गर्न सहयोग पुग्नेछ ।

Leave Your Comment

Related News