काठमाडौं ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरूले पाउने नयाँ बोनसदर सार्वजनिक गरेको छ । नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणले पुस १२ गते स्वीकृत गरेपछि सार्वजनिक गरिएको हो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि बढाएर बोनसदर घोषणा गरेको छ। अघिल्लो वर्ष २०७९।८० मा कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५० रुपैयाँ बोनस दिएकोमा समीक्षा वर्षमा बढाएर न्यूनतम ५५ रुपैयाँ कायम गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ। उक्त आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी प्रतिवेदन नेपाल बीमा प्राधिकरणको २०८१ पुस १२ गतेको पत्रबाट स्वीकृत भई आएको कम्पनीले जनाएको छ। कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेखअन्तर्गत नयाँ बोनसदर लागू हुने कम्पनीले जनाएको छ।
सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल)
यो बीमालेखमा प्रतिहजार ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि ८२ रुपैयाँ कायम गरेको छ।
सावाधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा)
यस बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि प्रतिहजार ६५ रुपैयाँ तथाा २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष बढी अवधिका लागि प्रतिहजार ८२ रुपैयाँ कायम गरेको छ।
सावाधिक जीवन बीमालेख (जीवन समुनन्त)
यस योजनामामा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि ५६ रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ७० रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ।
सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १/विकल्प २)
यस बीमोलखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६५ रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ कायम भएको छ।
सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १, एकल बीमाशुल्क)
यस योजनामा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँ कायम भएको छ।
सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्य, जीवन बीमा योजना)
यस योजनामा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि ६२ रुपैयाँ कायम भएको छ।
सावाधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन)
यस बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजार ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ।
अग्रिम भुक्तानी सावाधिक बीमालेख (जीवन समृद्धि)
यस बीमा योजनामा १५ वर्षे अवधिका लागि बीमितले प्रतिहजार ५६ रुपैयाँ र २० वर्षे अवधिका लागि ५६ रुपैयाँ बोनस पाउनेछन्। अघिल्लो वर्ष यस योजनामा बीमितलाई प्रतिहजार ५० रुपैयाँ दिइएको थियो।
अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, जीवन उन्नति, नौलो धन वर्षा, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन)
यस योजनामा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथि अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ दिनेछ। अघिल्लो वर्ष प्रतिहजार ५० रुपैयाँ दिइएको थियो।
अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्बृद्धि)मा
यस योजनामा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष अवधि, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथि अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यस योजनामा प्रतिहजार ५१ रुपैयाँ दिइएको थियो।
अन्य (जीवन सारथी)
यस बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६२ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८५ रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि ८५ रुपैयाँ कायम भएको छ।
कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनसदर उपरोक्तबमोजिम कायम गरिएको छ।