काठमाडौं । मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आइतबार घटेको शेयर बजार सोमबारको सार्वजनिक बिदा पछि खुले सँगै उच्च अंकले घटेको हो ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.२८ अंकले घटेर ४४४.७१ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स २.०८ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.४४ अंकले घटेको छ ।
मंगलबार ३०८ वटा कम्पनीको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रहेको छ । जनु आइतबारको तुलनामा १९ अर्ब ९८ करोड १८ लाखले कम हो । आइतबार ३१६ वटा कम्पनीको १ करोड १० लाख ९९ हजार २३९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार रहेको थियो ।
मंगलबार बजार पुँजीकरण रकम भने ४२ खर्ब ७३ अर्ब ६४ करोड १८ लाख रह्यो । जुन आइतबारको तुलनामा ५४ अर्ब ८७ करोड ६६ लाखले कम हो । आइतबार बजार पुँजीकरण रकम भने ४३ खर्ब २८ अर्ब ५१ करोड ८४ लाख रहेको थियो ।
मंगलबार २८ वटा कम्पनीको शेयर मूल्य बढ्दा २१३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार १ वटा समूह परिसूचक बढ्दा बाँकी १२ वटा समूह परिसूचक घटेको छ । अन्य सूमह १ अंकले बढ्दा बैंकिङ १३, विकास बैंक १४५, वित्त १५२, होटल र पर्यटन ८८, जलविद्युत ६०, लगानी ०.०८, जीवन बीमा ८१, उत्पादन र प्रशोधन १०२, लघुवित्त ७०, निर्जीवन बीमा ११८ र व्यापार १३९ अंकले घटेको छ ।
मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा प्रभु बैंक, नेपाल फाइनान्स, जानकी फाइनान्स, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड रह्यो । प्रभु बैंकको ३५ करोड ९४ लाख, नेपाल फाइनान्सको १७ करोड ८७ लाख, जानकी फाइनान्सको १४ करोड ४२ लाख, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ करोड २८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ११ करोड ९४ लाख बराबर कारोबार भयो ।
मंगलबार ४ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । जसमा सर्पोट माइक्रोफाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स र नारायणी विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।