काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले विदेशमा सस्तो दरमा कल गर्ने एक्सेस कोड १४२४ को नयाँ महसुल दर निर्धारण गरेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत पुस १५ गते राती १२:०० बजेदेखि लागु हुनेगरी एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट ३.७६ रुपैयाँ कायम गरिएको नेपाल टेलिकमले जानकारी दिएको छ ।
यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको छ ।