आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । बिहीबार आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बिहीबार हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स, लुम्बिनी विकास बैंक र कालिका पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

सूर्योदय वोमी लघुवित्तबाहेक अरु ७ कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात पुस १९ गते बुकक्लोज गर्दैछन् भने सूर्योदय वोमीले पुस २१ गते बुकक्लोज गर्दैछ । यस आधारमा बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।

हिमालयन डिष्टिलरीले पुस २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, विरगञ्ज महानगरपालित वडा नं २१, पर्सामा २४ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी गरिएको छ।

त्यस्तै बोटलर्स नेपाल (तराई) ले पुस २६ गते, होटल र्याडिसन, लाजिम्पाट, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साधारण सभा दिउँसो १२ गते सुरु हुनेछ ।

कम्पनीको ३८ औँ वार्षिक साधारण सभाले ५० प्रतिशत नगद लाभांश प्रस्तावका साथै लेखापरक्षिक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

त्यस्तै, लुम्बिनी विकास बैंकले पुस २९ गते, अमृतभोग, कालिकास्थान, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले पुस २९ गते आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको कर सहित १ दशमलव ८६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले माघ ४ गते, सिद्धार्थ होटल बाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य ३९४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने तयारी गरेको छ ।

त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाले पुस २९ गते होटल टास्क इन्टरनेशनल प्रा।लि। को सभाहल, पोखरा, बुद्धचोकमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने तयारी गरेको छ ।

।कालिका पावरले पुस २९ गते, दियालो फुलल्याण्ड चितवन प्रा।लि।, भरतपुर, चितवनमा साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते ललितपुर स्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा १३ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ९६२३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितको तयारी गरेको छ ।
यसका साथै माथिका सबै कम्पनीले सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने तयारी गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार