युनिक नेपाल लघुवित्तले ३ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र यी शेयर खरीदका लागि आवेदन दिन सक्ने गरी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कोहलपुर, बाँकेमा आवेदन पेश गर्नु पर्ने हुन्छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार