सिडिएससीको प्रबन्ध सञ्चालक पन्दाकद्वारा पदभार ग्रहण

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) को नवनियुक्त प्रबन्ध सञ्चालक प्रविन पन्दाकले बुधवार पदभार ग्रहण गरेकी छन् ।

सिडिएससीको सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर कार्कीले पद तथा गोपनियताको शपथ गराएपछि उनले पदभार ग्रहण गरेकी हुन् ।

उनलाई पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्यकारी प्रमुखको समेत जिम्मेवारी प्रदान गर्ने गरी प्रबन्ध सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको थियो । सिडिएससीका अनुसार उनको कार्यकाल आगामी चार वर्षसम्म कायम रहनेछ । तीन महीनादेखि सिडिएससी नेतृत्वविहीन रहेको अवस्थामा पन्दाकलाई जिम्मेवारी दिएको हो।

उनी यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत रही सिडिएससीको सञ्चालक समेत रहेकी थिइन् । धितोपत्र बजारसँगको राम्रो अनुभव भएकी पन्दाकले सिडिएससीमा समेत प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने कम्पनीले जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार