पहिलो चरणमा बिरामी, वृद्ध र बालबालिकालाई न्यून निक्षेप फिर्ता गर्दै कर्णाली बैंक

काठमाडौं ।समस्याग्रस्त कर्णाली विकास बैंकले पहिलो चरणमा बिरामी, वृद्ध र बालबालिकालाई निक्षेप फिर्ता गरेको छ । बैंकले ५० जना बिरामी, वृद्ध र बालबालिकालाई २५ हजारका दरले निक्षेप भुक्तानी गरेको हो ।

बैंकले मुलुकका विभिन्न स्थानमा रहेका १६ वटा शाखामार्फ्त बिहान ११ बजेदेखि निक्षेप फिर्ता गरेको हो । केन्द्रिय कार्यालय, नेपालगञ्ज, तुल्सीपुर, लमही, गुलरिया, बाँसगढी, भुरिगाँउ, घोराही र कोहलपुर शाखाबाट निक्षेप फिर्ता दिन थालेको हो । साथै खजुरा, सानोश्री, भालुवाङ, गढवा, राजापुर, ठाकरद्धारा, नारयणपुर र सिहनिया शाखाबाट निक्षेप फिर्ता दिने थालेको हो ।

नेपाल राष्ट्र बैंक व्यवस्थापन समूहका टिकाराम खतिवडाले बैंकले तरलता व्यवस्थापन हुदै जाने आधारण्मा निक्षेप भुक्तानी कार्य क्रमशः वृद्धि गर्दै लगिने बताए । समस्याग्रस्त भए सँगैं व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले सम्हाल्दै आएको छ ।

पुस १० गते बैंक समस्याग्रस्त घोषणा गरिएको थियो । समस्याग्रस्त घोषणासँगै बैंकको धितोपत्र कारोबार रोक्का गरिएको छ । अर्कोतर्फ बैंक सञ्चालनका निम्ति राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले २०८१ पुस ११ देखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हालेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार