नेपाल बैंकका ग्राहकले सुनैना हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम–०४, कदम चौकमा रहेको सुनैना हस्पिटल प्रालि (Eye & ENT Hospital) मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्य सम्वन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने Consultation शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने CYST Removal, SICS + PCIOL, SICS+PCIOL with EC+Yellow, PHACO with foldable lens yellow/yellow-H/, PHACO with foldable HOYA IOL lens, PHACO with foldable-LCON IOL lens, Trabeculectomy, TRAB+SICS+PCIOL combined, DCR with tube, Pterygium with autograft TA, Corneal Repair, Evisceration, Chalazion [I & C], STYE [I& D], YAG capsulotomymy, YAG PI, LID Repair, Trasorrhaphy, Conjuctival Repair, Entropion/Ectropion correction, DCT, Bandage contact lens जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार