सिबिफिनको अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल पुनः चयन हुने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल पुनः चयन हुने निश्चित भएको छ। शुक्रबार हुने सिबिफिनको नयाँ निर्वाचनले वर्तमान अध्यक्ष पौडेललाई पुनः दोहोर्‍याउने भएको हो। उनले दुई वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेका छन्।

सिबिफिनको संरचना अनुसार, समूह ‘क’ अन्तर्गत वाणिज्य बैंकको प्रतिनिधित्व गर्दै अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ७ जना सदस्यसहित कुल १० सदस्य हुने व्यवस्था छ। समूह ‘ख’ अन्तर्गत विकास बैंकका लागि वरिष्ठ उपाध्यक्ष, सचिव र २ जना सदस्यसहित ४ सदस्य रहनेछन्। त्यस्तै, समूह ‘ग’ अन्तर्गत वित्त कम्पनीका लागि उपाध्यक्ष, सहकोषाध्यक्ष र १ जना सदस्यसहित ३ सदस्य रहनेछन्।

यस निर्वाचनमा अध्यक्ष पदमा पौडेल सर्वसम्मत रूपमा चयन हुने लगभग निश्चित भएको छ भने अन्य पदहरूमा हेरफेर हुने तयारी छ।

निर्वाचन प्रक्रिया अन्तर्गत, मतदाता नामावलीको प्रकाशन र त्यसमा पर्ने उजुरी बुधबार सम्पन्न भएको छ। आज उजुरीमाथि निर्णय गरी अन्तिम नामावली प्रकाशन हुनेछ।

शुक्रबार उम्मेदवारी दर्ता, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन तथा निर्वाचन प्रक्रिया काठमाडौंको छाँयादेवी कम्प्लेक्सस्थित अलफ्ट होटलमा सम्पन्न हुनेछ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार