तोलामा दुई हजारले बढ्यो सुन

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ। आज छापावाल सुनको मूल्य प्रति तोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ५३ हजार ५०० रुपैयाँमा बिक्री भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला १ लाख ५१ हजार ५०० रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य १ हजार ७९० रुपैयाँ थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार